जेनजीका माग पूरा नभएसम्म चूनाव हुन नदिने गुरुङको चेतावनी

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाण्डौं, २७ कात्तिक । जेनजी आन्दोलनका अगुवा सुधन गुरुङले आफुहरुको माग पुरा नभएसम्म चूनाव हुन नदिने चेतावनी दिनुभएको छ ।

मतदाता नामावली संकलनमा देखिएका समाधानका लागि भएको पहलका बारेमा बुझ्न बिहीबार निर्वाचन आयोग पुग्नुभएका गुरुङले जेनजी युवाहरु निर्वाचनका लागि नभई देशमा देखिएका बेतिथीबिरुद्ध लडेको भन्दै आफुहरुको माग पुरा नभएसम्म चूनाव हुन नदिने चेतावनी दिनुभएको हो ।

उहाले आफुहरुलाई बिभिन्न दलसंग जोडेर टिकाटिप्पणी भइरहेको भन्दै आपत्ति जनाउनुभयो । आफु कुनै दलमा आवद्ध नभएको र निर्वाचनमा आफु नलड्ने उहाले स्पष्ट पार्नुभयो । उहाले जनेजी आन्दोलनको माग पुरा गर्नुभन्दा सरकारको ध्यान निर्वाचनमा मात्रै केन्द्रीत रहनु राम्रो नभएको बताउनुभयो । गुरुङले अहिलेको अवस्थामा गृहमन्त्रीलाई परिवर्तन गर्नुपर्ने अवस्था देखिएको बताउनुभयो ।
गृहमन्त्रीले गरेको प्रतिवद्धता अनुसार काम गर्न नसकेकाले गृहमन्त्रीबाट नेपाली जनतालाइ न्याय दिने कुरामा कुनै विश्वास नरहेको बताउनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्