म दल खोल्दिनँ, चुनाव पनि लड्दिनँ: गृहमन्त्री

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, कार्तिक २७ । गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी चुनावमा भाग लिनका लागि आफूले कुनै पनि राजनीतिक दल नखोल्ने स्पष्ट पारेका छन्।

बिहीबार राष्ट्रियसभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा गृहमन्त्री अर्यालले यस्तो बताएका हुन्।

बैठकमा राष्ट्रिय सभा सदस्य किरणबाबु श्रेष्ठले गृहमन्त्री अर्याललाई यसबारे प्रश्न गरेका थिए, ‘दल खोल्ने हो कि, चुनाव लड्ने हो कि, के हो ?’ यसको जवाफ दिँदै गृहमन्त्री अर्यालले आफू दल खोल्ने वा चुनाव लड्ने कुनै पनि योजनामा नरहेको स्पष्ट पारे।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्