काठमाडौं, कार्तिक २७ । जेनजी घटनासम्बन्धी छानबिन तथा जाँचबुझ आयोगले नेपाल प्रहरीका निवर्तमान महानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङलाई उपत्यका छाड्न र विदेश भ्रमणमा रोक लगाएको छ।
आयोगले बिहीबारदेखि लागू हुने गरी पत्राचार गरी खापुङलाई उपत्यकाबाहिर जानसमेत आयोगमार्फत स्वीकृति लिनुपर्ने भएको छ।
आयोगका सदस्य एवम् प्रवक्ता विज्ञान राज शर्माले जारी गरेको सूचनाअनुसार खापुङलाई कुनै पनि समय बयानका लागि बोलाउन सकिने भएकाले बेला उपस्थित हुनुपर्ने भनिएको छ।
यसअघि आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखकसहितका उच्च पदस्थ व्यक्तिहरूको पनि विदेश भ्रमणमा रोक लगाइसकेको थियो। उनीहरूलाई पनि उपत्यका छाड्नुअघि आयोगको अनुमति लिनुपर्ने व्यवस्थासमेत गरिएको छ।
आईजीपी खापुङ गएराति १२ बजेदेखि सेवा अवधि पूरा गरी नेपाल प्रहरीको आईजीपीबाट सेवानिवृत्त भएका हुन्।





