काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नदेखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहेकामा बाँकी अधिकांश भूभागमा मौसम मुख्यतया सफा छ।
दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने अनुमान गरिएको छ भने अन्य ठाउँमा मौसम सफै रहनेछ।
राति पनि कोशी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहने र देशका बाक ’या भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।





