कांग्रेस कार्यसम्पादन समिति बैठक बस्दै

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं । महाधिवेशनबारे सहमति भइ नसकेको अवस्थामा नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दैछ।

बैठक आज दिउँसो एक बजे ललितपुरमा बस्ने केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। चुनावअघि महाधिवेशन गर्ने गरी तालिका ल्याउने वा नल्याउने भन्ने विषयमा सहमति जुटाउन बैठक बस्न लागेको हो।

२८ असोजदेखि सुरू भएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा चुनावअघि महाधिवेशन गर्नुपर्ने र गर्न नहुने विषयमा नेताहरू विभाजित छन्। हिजो बोल्ने क्रम सकिए पनि निर्णय लिन दुई दिन बैठक स्थगित गरिएको छ। महामन्त्री गगन थापाले हिजो विशेष महाधिवेशनका लागि मंसिर २७ गतेको मिति प्रस्ताव गरेका थिए। अर्का महामन्त्री शर्माले नियमित महाधिवेशन नगरिए पुसभित्र विशेष महाधिवेशन गर्नुपर्ने विधानतः बाध्यता रहेको धारणा राखेका थिए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्