सन्तोष परियारले छाडे रास्वपाको

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता सन्तोष परियारले पार्टी परित्याग गरेका छन्।। विघटित प्रतिनिधिसभामा रास्वपाका प्रमुख सचेतकको भूमिकामा रहेर सक्रिय भइरहेका परियारले पार्टीबाट राजीनामा दिँदै अब स्वतन्त्र रूपमा नयाँ राजनीतिक अभियान सुरु गर्ने तयारी गरेको बताएका छन्।

परियारले आफ्नो राजीनामा पत्र रास्वपाका कार्यवाहक सभापति डीपी अर्याल र महामन्त्री कविन्द्र बुर्लाकोटीलाई बुझाइसकेका छन्। पार्टीभित्र पछिल्ला विवाद र नीतिगत असहमतिको कारण उनी बाहिरिन लागेको विश्लेषण राजनीतिक वृत्तमा गरिँदैछ।

उनको प्रस्थानले रास्वपाभित्रको शक्ति सन्तुलन, भावी रणनीति र आगामी निर्वाचन तयारीमा थप प्रश्न खडा भएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्