गृहमन्त्रीद्धारा केन्द्रीय सुरक्षा समितिको बैठक आवहान

रेडियो काठमाण्डु
  • ख-
  • ख+

काठमाडौं, ३० कात्तिक । केन्द्रीय सुरक्षा समितिको बैठक आज दिउँसो तीन बजे बस्दै छ । शान्ति सुरक्षाको व्यवस्थाबारे छलफल गर्न गृह मन्त्री ओम प्रकाश अर्यालले बैठक आवहान गरेका हुन् ।
उक्त बैठक गृह मन्त्रालयमा बस्ने भएको छ ।

बैठकमा गृह मन्त्रालयका सचिव, नेपाली सेनाका एकजना रथी, नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, मन्त्रालयका शान्ति सुरक्षा महाशाखा प्रमुख लगायत सहभागि हुनेछन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्