काठमाडौं, १ मंसिर । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको वैठकको मिति फेरी सरेको छ । आज दिउँसो २ः०० बजे बस्ने भनिएकोमा उक्त बैठक मंसिर ४ गतेलाई सारिएको हो।
एक महिना अघिदेखि जारी बैठकमा महाधिवेशन चुनाव अघि गर्ने कि पछि भन्ने विषयमा कांग्रेसभित्र तीब्र विवाद छ।
उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सात वटै प्रदेश कार्यसमितिका सभापतिको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको उनले जानकारी दिए।





