दुई संसदीय समितिको बैठक आज बस्दै

रेडियो काठमाण्डु
  • ख-
  • ख+

काठमाडौं, १ मंसिर । राष्ट्रिय सभा अन्तर्गतको दुई वटा संसदीय समितिको बैठक आज बस्दै छ ।

जसमा विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक साढे ११ बजे बस्दैछ । सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्ने बैठकमा नेपालको संविधान धारा ४० बमोजिम दलित समुदायको अधिकार तथा विकास सम्बन्धमा व्यवस्था गर्ने विधेयक तर्जुमा बारेमा छलफल गर्ने कार्यसूची छ ।

यस्तै, राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ । सिंहदरवारस्थित समितिको सभाकक्षमा बस्ने बैठकमा समितिको स्थलगत अवलोकन भ्रमण सम्बन्धमा छलफल गर्ने कार्यसूची छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्