काठमाडौं, मंसिर १ । साताको दाेस्राे कारोबार दिन साेमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९.७८ अंकले बढेकाे छ। आज सेयर बजार वृद्धिसँगै २५५० विन्दुमा पुगेकाे हाे।
सेयर बजारमा १६७ कम्पनीको मूल्य बढ्दा ७६ को घटेकाे छ। यस्तै, १३ कम्पनीको मूल्य स्थिर रहेकाे छ। कारोबार रकम पनि सामान्य बढेको छ। अघिल्लो दिन ३ अर्ब ८९ करोडको कारोबार भएकोमा आज ३ अर्ब ९४ करोडको भएकाे हाे।
विकास बैंक र होटल तथा पर्यटन समूह १ प्रतिशतभन्दा धेरै बढेकाे छ। दुई समूह निर्जीवन बिमा ०.०९ र अन्य ०.४९ प्रतिशत घटेका हुन्। बैंकिङ ०.१३, विकास बैंक १.५०, फाइनान्स ०.५६, होटल तथा पर्यटन १.०८, हाइड्रोपावर ०.८८, लगानी ०.५३, जीवन बीमा ०.६४, उत्पादन तथा प्रशोधन ०.५३, माइक्रोफाइनान्स ०.३४ तथा व्यापार समूह ०.०९ प्रतिशत बढेकाे छ।
चार कम्पनीको सेयर मूल्य १० प्रतिशत बढेकाे छ। हालै सूचीकृत भएका बन्दीपुर केबुलकार, सागर डिस्टिलरी, बुंगल हाइड्रोपावर र झापा इनर्जीको मूल्य १० प्रतिशत बढेको हो।





