नहुने चूनावको पैरवी गरेर एमालेले समय खेर फाल्दैनौं – शंकर पोखरेल

रेडियो काठमाण्डु
  • ख-
  • ख+

काठमाडौं, मंसिर १ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नहुने चूनावको पैरवी गरेर एमालेले समय खेर नफाल्ने बताउनुभएको छ ।

प्रेस चौतारी रुपन्देहीले सोमबार बुटवलमा आयोजना गरेको अन्तक्र्रियामा महासचिव पोखरेलले एमाले चूनावबाट भाग्ने पार्टी नभएको तर नहुने चूनावको पैरवी गरेर एमालेले समय खेर नफाल्ने बताउनुभएको हो । उहाले वर्तमान सरकारको क्रियाकलाप चूनावप्रति केन्द्रीत नरहेको आरोप समेत लगाउनुभयो ।

निर्वाचन आयोगले मात्रै चूनावको कुरा गरेर चूनाव नहुने भन्दै महासचिव पोखरेलले सरकार पनि गम्भीर हुनुपर्ने धारणा राख्नुभयो । अन्य राजनीतिक दलहरुले पनि जेनजी पुस्ता रिसाउलान भनेर चूनाव–चूनाव भनिरहेको उहाको भनाइ छ ।

उहाले नेपाल प्रहरीको मनोवल उच्च नबनाएसम्म चूनावको वातावरण बन्न नसक्ने जिकिर गर्नुभयो । पोखरेलले प्रतिनिधिसभाको पुनस्र्थापनाको एजेन्डासहित एमाले अहिले जनतामाझ गइरहेको जिकिर गर्नुभयो ।

त्यस्तै महासचिव पोखरेलले बाह्य शक्ति, नेपालको राजनीतिमा आफ्ना सत्ता आकांक्षा पुरा नभएर कुण्ठित बन्न पुगेका राजनीतिक दलहरु, बैकल्पिक शक्ति निर्माण गर्ने नाममा अराजकता मच्चाइरहेकाहरुले जेनजी आन्दोलनलाई ध्वस्तात्मक बनाउने काम गरेको आरोप लगाउनुभयो । जेनजी आन्दोलनमा षडयन्त्र गर्नेहरुको परिचान गरि दोषिलाई कारवाही गर्नुपर्ने उहाको भनाइ छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्