एयरपोर्टको बार भत्काएबापत बालेनलाई स्पष्टीकरण नसोध्न क्यानलाई उच्च अदालतको आदेश

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, ७ असार । उच्च अदालत पाटनले काठमाडौं महानगरपालिका मेयर बालेन शाहसँग तत्काल स्पष्टीकरण नलिन नेपाल नागरिक उड्डयन प्राधिकरणलाई आदेश दिएको छ ।

न्यायाधीश धीरबहादुर चन्दको एकल इजलासले उक्त आदेश जारी गरेको हो ।

प्राधिकरणले लिखित स्पष्टीकरण सोधेको विषयलाई लिएर मेयर शाह उच्च अदालतमा पुगेका थिए ।

काठमाडौं महागनरपालिका-९ का वडाध्यक्ष रामजी भण्डारी र महानगर प्रहरी बल प्रमुख राजुनाथ पान्डेका तर्फबाट संयुक्त रुपमा रिट दर्ता गरिएको छ । यसअघि नागरिक उड्डयन प्राधिकरणले ७ दिनभित्र लिखित स्पष्टीकरण पेश गर्न लिखित पत्रचार गरेको थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लगाइएको तारबार काटिएको घटनामा महानगर प्रमुख बालेनसहित ३ जनालाई किन ऐनअनुसार कारबाही नगर्ने भन्दै प्राधिकरणले स्पष्टीकरण सोधेको थियो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी