दिवंगत पत्रकार सुरेश रजकको परिवारलाई सरकारले दियो रोजगारी

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाण्डौं, २ मंसिर । सरकारले गत चैत १५ गते राजाबादी आन्दोलनका क्रममा ज्यान गुमाएका पत्रकार सुरेश रजकको परिवारलाई रोजगारीको व्यवस्था गरेको छ ।

मंगलबार सिंहदरबारमा सञ्चार तथा सूचना प्रविधीमन्त्री जगदीश खरेलको उपस्थीतिमा पत्रकार सुरेश रजककी श्रीमती सुजन मगियालाई सुरक्षण मुद्रण केन्द्रमा कम्प्युटर अपरेटरमा नियुक्त गरिएको पत्र हस्तान्तरण गरिएको हो ।

सो क्रममा मन्त्री खरेलले दिवङ्गत रजकलाई पत्रकार सहिद घोषणा गर्ने प्रक्रिया अगाडि बढाइएको जानकारी दिनुभयो । अहिले रोजगारीको व्यवस्था गरेर केहि राहत प्रदान गर्ने सरकारको कोशिस रहेको भन्दै उहाले सुजन मगियाले चाहेमा विश्वविद्यालयमा पढ्नका लागि आवश्यक सहजीकरण गर्ने प्रतिवद्धता जनाउनुभयो ।

सरकारले गत चैत १५ गते राजाबादी आन्दोलनको समाचार संकलन गर्ने क्रममा सुरेश रजकको आगलागीका कारण निधन भएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्