सरकारको निर्देशनमा बारामा एमालेको कार्यक्रम भाड्ने प्रयास: महेश बस्नेत

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

नेकपा एमालेका नेता महेश बस्नेतले सरकारको निर्देशनमा बारामा एमालेको कार्यक्रम भाड्ने प्रयास भएको आरोप लगाउनुभएको छ ।

प्रेस चौतारी नेपालले बुधबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा बस्नेतले प्रधानमन्त्रीको निर्देशनमा बारामा एमालेको कार्यक्रम भाड्ने प्रयास भएको आरोप लगाउनुभएको हो ।

उहाले एमालेलाई जनतामा गएर देशलाई अघि बढाउने अभियान सञ्चालन गर्न कसैले रोक्न नसक्ने जिकिर गर्नुभयो ।

बस्नेतले नेता बन्न रहर भए प्रतिष्पर्धाबाट आउन चूनौति समेत दिनुभयो । बस्नेतले अहिले जेनजीका नाममा अराजक प्रवृति मौलाउन खोजेको बताउनुभयो ।

उहाले आगामी महाधिवेशनमा केपी ओलीलाई नै पार्टीको अध्यक्ष बनाएर पार्टी र देशलाई अघि बढाउने उल्लेख गर्नुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्