काठमाण्डौ – नेपाली बजारमा बिहिबार सुनको भाउ तोलामा सात सय रुपैयाँले बढेको छ । तोलामा सात सय रुपैयाँले बढेर तोलाको दुई लाख ४३ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तै चाँदी पनि आज तोलामा ३५ रुपैयाँले बढेर तोलाको तीन हजार एक सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।





