मतदाता नामावली दर्ताको अन्तिम दिन आज

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौँ । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि मतदाता नामावली दर्ता कराने आज अन्तिम दिन हो। यसअघि दर्ताको समय सीमा कात्तिक मसान्तसम्म तोकिएको थियो तर निर्वाचन आयोगले थप गर्दै मंसिर २८ गते सम्म पुर्‍याएको हो।

आयोगले राष्ट्रिय परिचयपत्र नम्बर भएकाहरूलाई अनलाइनमार्फत नै नाम दर्ता गर्न मिल्ने व्यवस्था गराएको छ। राष्ट्रिय परिचयपत्रलाई जैविक तथ्याङ्क (बायोमेट्रिक) प्रणालीसँग लिंक गरेपछि मतदाता नामावलीमा सजिलै नाम दर्ता गर्न सकिने आयोगको भनाइ छ। हालसम्म सात लाखभन्दा बढी नयाँ मतदाता थपिएको आयोगले जानकारी दिएको छ।

मतदाता नामावलीमा त्रुटि परे–नपरेको जाँच गर्न वा आवश्यक परे सच्याउन आयोगले मंसिर २१ देखि २७ गतेसम्म समय दिएको छ।

यसका लागि आयोगको वेबसाइट, सम्बन्धित प्रदेश निर्वाचन कार्यालय वा जिल्ला निर्वाचन कार्यालयमा सम्पर्क गर्न सकिने व्यवस्था मिलाइएको छ।

दर्ता, उजुरी तथा प्राप्त सूचनाहरूको छानबिन सम्पन्न गरी पुस १५ गते अन्तिम मतदाता नामावली निर्वाचन कार्यालय तथा वडा कार्यालयमा प्रकाशित गरिने आयोगले जनाएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्