काठमाडौँ । नेकपा एमालेको नेसनल भोलिन्टियर फोर्सले आज काठमाडौँमा विशेष कार्यक्रम गर्ने भएको छ। फोर्सका अनुसार कार्यक्रम बिहान ११ बजे कार्की ब्यांक्वेट, बबरमहलमा सुरु हुनेछ।
कार्यक्रमका सहभागीहरू बबरमहलमा भेला भई माइतीघर हुँदै पुनः बबरमहल र त्यहाँबाट बानेश्वर जाने गरी र्यालीको आयोजना गरिएको फोर्सले जनाएको छ।
कार्यक्रमका प्रमुख अतिथि एमाले अध्यक्ष केपी शर्मा ओली रहनेछन्। कार्यक्रममा सम्बन्धित जानकारी जिल्ला प्रशासन कार्यालय काठमाडौँलाई पठाइसकिएको एमालेले जनाएको छ।
प्रमुख जिल्ला अधिकारी इस्वरराज पौडेलले कार्यक्रमका लागि निवेदन आए पनि निर्णय विचाराधीन अवस्थामा रहेको प्रतिक्रिया दिएका छन्।
एमाले बागमती प्रदेश कमिटीले यसै साता शनिबार प्रदर्शनीमार्गमा अर्को कार्यक्रम आयोजना गर्ने जनाएको छ। सो दिन शान्तिपूर्ण जनप्रदर्शन तथा जनसभा गर्ने तयारी भएको कमिटीले जनाएको छ।





