त्रिविले स्नातकोत्तर प्रथम सेमेस्टरको भर्ना मंसिर ११ देखि खुला गर्ने

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले शैक्षिक वर्ष २०८२र८३ का लागि स्नातकोत्तर तह प्रथम सेमेस्टरमा नयाँ विद्यार्थी भर्ना प्रक्रिया मंसिर ११ गतेदेखि सुरु गर्ने भएको छ। विश्वविद्यालयले आज सूचना जारी गर्दै मंसिर ११ देखि पुस ११ गतेसम्म आवेदन दिन सकिने जनाएको छ।

मानविकी तथा सामाजिकशास्त्र संकाय, व्यवस्थापन संकाय, शिक्षाशास्त्र संकाय, कानुन संकाय, वन विज्ञान, कृषि तथा पशु विज्ञान, इन्जिनियरिङ अध्ययन संस्थान र विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गतका क्याम्पसहरूमा भर्ना प्रक्रिया सञ्चालन हुनेछ।

सार्वजनिक सूचनामा प्रवेश परीक्षा सम्बन्धित संकाय वा संस्थानले आफ्नै स्तरमा निर्धारण गर्ने उल्लेख छ।

त्रिविका अनुसार स्नातकोत्तर तह कक्षा सञ्चालन २०८२ माघ महिनाबाट सुरु हुने छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्