काठमाडौँ। राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक आज बस्दै छ। बैठक बिहान ११ बजे सिंहदरबारको समिति कक्षमा आयोजना हुने छ।
बैठकमा अध्यागमन ऐन, २०४९ तथा सो ऐनअन्तर्गत बनेका प्रत्यायोजित विधायनहरूका विषयमा सरोकारवाला निकायका प्रतिनिधि तथा विज्ञहरूसँग विस्तृत छलफल गर्ने कार्यसूची रहेको समितिले जनाएको छ।





