काठमाडौँ । शुक्रबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा १,३०० रुपैयाँ घटेर २ लाख ४१ हजार ७०० रुपैयाँ कायम भएको छ।
यसअघि बिहीबार सुनको मूल्य २ लाख ४३ हजार रुपैयाँ तोलामा कारोबार भएको थियो।
सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट आएको छ। बिहीबार तोलामा ३,१८५ रुपैयाँ कायम भएको चाँदी शुक्रबार ३,१०० रुपैयाँ तोलामा कारोबार भएको छ।





