एमालेले ‘नेसनल भोलिन्टियर फोर्स’ घोषणा गर्दै , र्‍याली सुरु

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौँ । नेकपा एमालेले पार्टीभित्रको नीति र नेतृत्वको सुरक्षा सुनिश्चित गर्न नेसनल भोलिन्टियर फोर्स ९एनभीएफ० घोषणा गर्न लागेका छ। फोर्स घोषणा गर्नु अघि एमाले निकट युवा नेता र कार्यकर्ताहरू बानेश्वर क्षेत्रतर्फ र्‍याली निकाल्दै अघि बढेका छन्।

युवा कार्यकर्ता समूह माइतीघर मण्डलामा भेला हुने तयारीमा थिए, तर त्यहाँ केही समूहले अवरोध पुर्‍याउँदा उनीहरूले बबरमहलमा भेला भई बानेश्वरतर्फ र्‍याली अघि बढाएका हुन्। र्‍यालीको नेतृत्व मधेश बस्नेत, युवा संघका अध्यक्ष क्षितिज थेबेल लगायतले गरेका छन्।

बबरमहलको कार्की ब्यांक्वेटमा एमाले अध्यक्ष केपी शर्मा ओलीले फोर्सको औपचारिक घोषणा गर्ने कार्यक्रम छ।

एमालेका नेता अनुसार, हाल सुरक्षा संवेदनशीलता बढेको र अध्यक्ष ओलीसहितका नेताहरूका सुरक्षाकर्मी फिर्ता भएका कारण पार्टीभित्र फोर्स गठनको आवश्यकता महसुस गरिएको हो।

पार्टीले जनाएको छ कि वृद्धि भएको असुरक्षा, अशान्ति र भदौ २३–२४ का घटनापछि घटेको जनमनोबल बढाउन फोर्स घोषणा गर्न लागिएको हो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्