जेन–जी आन्दोलनका घाइते तथा युवाहरुको माइतीघरमा धर्ना

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

जेन–जी आन्दोलनका घाइते तथा युवाहरुले काठमाडौंको माइतीघरमा धर्ना दिएका छन् ।

जेन–जी आन्दोलनका घाइतेहरुको जायज मागलाई पुरा गर्न र सम्पूर्ण जेन–जीहरुलाई एकतावद्ध गर्नुपर्ने भन्दै उनीहरुले शुक्रबार माइतिघरमा धर्ना दिएका हुन् ।

धर्नामा सहभागीहरुले भ्रष्टाचारीलाई कारवाही गर, नेपाल आमालाई न्याय दे, जेनजीको म्याण्डेड पुरा गर लगाएत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए । नेकपा एमालेको प्रदर्शन हुने समयमा नै जेन–जी आन्दोलनका घाइते तथा युवाहरु धर्नामा बसेपछि बाक्लो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको थियो । धर्नामा सहभागी युवाहरुले जेनजीहरुलाई एकताबद्ध बनाएर अघि बढ्नुपर्ने बताएका थिए ।

जेनजीले राखेका मागहरु पुरा नभएसम्म आफुहरु सडकमा रहने उनीहरुले जनाएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्