काठमाडौं, ६ मंसिर। हाल देशमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ । आज दिउँसो कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका एक(दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
कोशी, बागमती, गण्डकी र कर्णालीका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूगमा भने मौसम मुख्यतया सफा रहने छ पूर्वानुमान गरिएको छ ।
यस्तै, राति पनि कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भू(भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानूमान महाशाखाले जनाएको छ ।





