काठमाडौं, मंसिर ६ । नेपाली कांग्रेसले आगामी फागुनमा हुने निर्वाचनमा भाग लिने भएको छ। सानेपामा बसेको केन्द्रीय समिति बैठकले चुनावमा भाग लिने निर्णय गरेको एक नेताले जानकारी दिए।
बैठकमा पार्टीको महाधिवेशनबारे थप निर्णय गर्न आगामी ११ गते बैठक बस्ने भएको छ।
बैठकले निर्वाचनबाट नै संविधानको रक्षा गर्ने निष्कर्ष निकालेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए।





