काठमाण्डौं, ८ मंसिर । लुम्बिनी प्रदेशको महिनामा हिउँदे अधिवेशन आजदेखि शुरु हुँदैछ । प्रदेशको सातौँ अधिवेशनको पहिलो बैठक आज दिउँसो १ बजे बस्ने भएको हो ।
प्रदेश सभा सचिव दुर्लभ कुमार पुनमगरका अनुसार बैठकका लागि सम्भावित कार्यसूची तय गरिएको छ । कार्यसूचीअनुसार बैठकमा सभामुखले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त तीनवटा पत्र पढेर सुनाउने छन् । ती पत्रमा सातौँ अधिवेशन आह्वानसम्बन्धी सूचना, मन्त्रिपरिषद् पुनर्गठनबारे पत्र र छैटौँ अधिवेशनबाट पारित भई प्रमाणीकरण भएका विधेयकसम्बन्धी पत्र समावेश छन् ।
बैठकमा सभामुखले माननीय सदस्यहरूको उपस्थिति–अनुपस्थितिको जानकारी पेस गर्नेछन् ।





