विवाहपञ्चमी महोत्सवको अन्तिम दिन आज रामकलेवा मनाइँदै

रेडियो काठमाण्डु
  • ख-
  • ख+

काठमाण्डौं, १० मंसिर । सप्ताहव्यापी सीता राम विवाहपञ्चमी महोत्सवको अन्तिम दिन आज रामकलेवा मनाइँदै छ ।

जन्तीको रुपमा आएका साधुसन्तलाई ५६ व्यञ्जन मिष्ठान्न भोजन खुवाएर बिदाइ गरी राम कलेवा मनाउने प्रचलन छ । यसअघि मंगलबार राम र सीताको वैवाहिक कार्यक्रम पश्चात रातभर जानकी मन्दिर प्रांगणमा विवाहको काज चलेको थियो ।
आज बालबालिकालाई प्रतिकात्मक बनाइएको राम, लक्ष्मण, भरत, शत्रुधनसँगै साधुसन्तलाई दानदक्षिणासहित बिदाइ गरेपछि विवाहपञ्चमी महोत्सव विधिवत सम्पन्न हुनेछ ।

मंसिर ४ गतेदेखि सुरु भएको विवाहपञ्चमी महोत्सवको पहिलो दिन दिन नगरदर्शन, दोस्रो दिन फूलबारी लिला, तेस्रो दिन धनुषा यज्ञ, चौथो दिन तिल्कोत्सव, पाँचौदिन मटकोर र छैटौं दिन विवाहपञ्चमी मनाइएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी