राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

रेडियो काठमाण्डु
  • ख-
  • ख+

काठमाडौँ, ११ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने भएको हो ।

प्रवक्ता मोहनकुमार श्रेष्ठका अनुसार समसामयिक राजनीतिको विश्लेषण गर्दै रणनीति बनाउने, आसन्न केन्द्रीय समिति बैठकका एजेण्डा तय गर्ने र सबै तहको अधिवेशन सम्पन्न गर्ने विषयमा छलफल हुने उनले बताए। साथै चुनावको तयारीबारेपनि छलफल हुने छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी