काठमाडौँ, ११ मंसिर । नेपाल राष्ट्र बैंकले १ सय रुपैयाँको नयाँ विशेषता भएको नोट प्रचलनमा ल्याएको छ । नयाँ नोट आज देखि चलनचल्तीमा आएको बैंकले एक सूचना जारी गर्दै जानकारी गराएको हो ।
साबिककै आकार तथा रङमा आउन लागेको यो नयाँ नोटमा ‘नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ १०० रुपैयाँ एक सय तुरुन्त पाइने छ’ भन्ने प्रतिज्ञा मूलक वाक्यांश राखिएको छ । नोटको बायाँतर्फ सगरमाथाको चित्र र दायाँतर्फ लालीगुराँसको पानी छाप रहेको छ । नोटको मध्य भागमा नेपालको नक्सा, अशोक स्तम्भको चित्र रहने छ ।






