अपाङ्गता भएका व्यक्तिहरूको अन्तरराष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरि मनाइयो

रेडियो काठमाण्डु
  • ख-
  • ख+

काठमाण्डौं, १७ मंसिर । अपाङ्गता भएका व्यक्तिहरूको ३४ औं अन्तरराष्ट्रिय दिवस विभिन्न कार्यक्रमको आयोजना गरि मनाइएको छ ।

दिवसका अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय अपाङ्ग महासंघ लगाएत बिभिन्न संघसंस्थाले बुधबार काठमाडौंमा प्रभातफेरीको आयोजना गरेका थिए ।

प्रभातफेरीपछि भृकुटीमण्डपमा मूल समारोहको आयोजना गरिएको थियो । मूल समारोहलाई सम्बोधन गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अपाङ्गता भएका व्यक्तिहरूको हक अधिकार स्थापीत गर्नका लागि सरकार प्रतिवद्ध रहेको बताउनुभयो ।

वर्तमान सरकारको कार्यकाल छोटो रहेपनि अपाङ्ग महासंघसंग छलफल गर्दै आवश्यक ऐन कानून निर्माण गरिने उहाले बताउनुभयो ।

त्यस्तै मन्त्री खरेलले ६ महिनाभित्र निर्वाचन गर्ने म्याण्डेडका साथ सरकार गठन भएकाले जसरी भएपनि निर्वाचन सम्पन्न गर्ने दावी गर्नुभयो । निर्वाचनका लागि सरकारले उचित वातावरण बनाइसकेको उहाको भनाइ छ । उहाले सुशासन, भ्रष्टाचार नियन्त्रणका सन्दर्भमा वर्तमान सरकार अघि बढ्ने स्पष्ट पार्नुभयो ।

अपाङ्गता भएका नागरिकहरूको हक अधिकार प्रवद्र्धनका लागि विश्वभर संयुक्त राष्ट्रसङ्घको पहलमा सन १९९२ देखि हरेक वर्ष डिसेम्बर ३ तारिखका दिन अपाङ्गताभएका व्यक्तिहरूको अन्तरराष्ट्रिय दिवस मनाउन थालिएको हो । यस वर्ष यस दिवसको नारा ‘अपाङ्गता समावेशी समाजको प्रवद्र्धनः सामाजिक उन्नतिको संवद्र्धन’ तय गरिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी