चितवन घुम्न गएकी एक किशोरीको होटलको चौथो तलाको झ्यालबाट खसेर मृत्यु

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाण्डौं, १८ मंसिर । सिन्धुलीबाट चितवनको सौराहामा घुम्न गएकी एक किशोरीको होटलको चौथो तलाको झ्यालबाट खसेर मृत्यु भएको छ ।

जिल्लाको कमलामाई नगरपालिका–६ बस्ने १८ वर्षीया स्नेहा पाख्रिनको होटलको चौथो तलाको झ्यालबाट खसेर मृत्यु भएको हो ।

सिद्धबाबा प्लस टु म्यानेजमेन्ट गुरुकुलमा अध्ययनरत ती किशोरी विद्यालयको शैक्षिक भ्रमणमा गएकी थिइन् ।

उनी पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नं. ६ सौराहास्थित पार्क साइड होटलको चौथो तलाको झ्यालबाट गएराति ११ बजेतिर खसेकीजिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रविन्द्र खनालले बताए ।

उनलाई उपचारका लागि रत्ननगर बकुहलर अस्पताल लगिएकोमा चिकित्सकले ११ः४५ बजे मृत घोषणा गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्