काठमाडौँको धोबीखोलामा साइकलसहित एक पुरुष मृत फेला

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौँको रुद्रमति पुलनजिक धोबीखोलामा साइकलसहित एक पुरुष मृत अवस्थामा भेटिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार बुधबार बिहान काठमाडौँ महानगरपालिका–२९ रुद्रमति पुल नजिक धोबी खोलामा साइकलसहित शव भेटिएको हो ।

मृतक काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१ घर भइ हाल शंखमुल बस्ने गरेको प्रहरीले जनाएको छ ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्