मधेसका मुख्यमन्त्री यादवले लिए शपथ, विश्वासको मत मंसिर २४ मा लिने

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाण्डौं, २१ मंसिर । मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

प्रदेश प्रमुख कार्यालयमा आयोजित एक कार्यक्रममा प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले नवनियुक्त मुख्यमन्त्री यादवलाई शपथ गराएका हुन् ।

मुख्यमन्त्री यादवलेयही मङ्सिर २४ गते विश्वासको मत लिने तयारी गरेका छन् ।

आज बसेको सत्तापक्षीय सातदलीय गठबन्धनले बैठकले विश्वासको मत लिने निर्णय गरेको जसपाका प्रमुख सचेतक रामअशीष यादवले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्