डडेल्धुराबाट काठमाडौँ आउँदै गरेको बस दाङमा दुर्घटना हुँदा २२ जना घाइते

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौँ, २५ मंसिर । दाङ जिल्लाको लमही नगरपालिका १ कौडियामा बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन्।

डडेल्धुराबाट काठमाडौँ आउँदै गरेको ना ८ ख ७४५५ नम्बरको बस बिहिबार बिहान करिब ३ बजे पूर्व पश्चिम राजमार्गअन्तर्गत लमही नगरपालिका १ कौडियामा पुलबाट खोलामा खसेको हो। उक्त बसमा बसमा ३८ जना सवार थिए ।

वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक रोशनराज पाण्डेयका अनुसार लमही अस्पतालमा घाइतेहरूको उपचार भइरहेको छ। घाइतेमध्ये दुईजनालाई थप उपचारका लागि रेफर गर्ने तयारी भइरहेको उनले बताए।

पट्टा भाँचिएर बस दुर्घटना भएको प्रारम्भिक बयान बस चालकले दिएका छन्। प्रहरी निरीक्षक पाण्डेयका अनुसार दुर्घटनाको थप अनुसन्धान भइरहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्