राप्रपाको केन्द्रीय समिति बैठक आज पनि बस्दै

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौँ, २७ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय समिति बैठक आजपनि जारी बस्ने भएको छ । बुधबार केन्द्रीय कार्यालय धुम्बाराहीमा शुरु भएको बैठकमा सदस्यहरुको बोल्नेक्रम जारी रहेपछि बैठक शनिबारसम्म सञ्चालन हुन लागेको हो।

शुक्रबारसम्म ७१ जनाले आफ्नो धारणा राखेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए। बैठकमा सहभागी नेताहरूले मुलुकको पार्टीको आन्तरिक जीवन, मुलुकको शासकीय स्वरूप, आगामी निर्वाचन, जेनजी आन्दोलनको भावनालगायतका विषयमा आफ्नो धारणा राखिरहेका छन्।

पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुने गरी बैठकका एजेण्डा प्रस्ताव गरेपछि अधिकांश केन्द्रीय सदस्यले यसमा असहमति जनाएको बताइएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्