कांग्रेसले पूर्वकेन्द्रीय सदस्य उपाध्यायको निधनमा तीन दिनसम्म कार्यालयहरु बन्द गर्ने र झण्डा आधा झुकाउने

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाण्डौं, मंसिर । नेपाली कांग्रेसले लोकतान्त्रिक आन्दोलनका योद्धा, पार्टीका पूर्वकेन्द्रीय सदस्य तथा पूर्वमन्त्री आमोदप्रसाद उपाध्यायको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ ।

सोमबार पार्टीका उपसभापति धनराज गुरुङको सभापतित्वमा सानेपामा बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले शोकमा तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाउने निर्णय समेत गरेको छ ।

बैठकले यही मङ्सिर २९, पुस १ र २ गते पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र जिल्ला कार्यालयहरूमा झण्डा आधा झुकाउने निर्णय गरेको कांग्रेस सहमहामन्त्री सहमहामन्त्री महालक्ष्मी उपाध्यायले जानकारी दिनुभयो ।

यसैगरी बैठकले आगामी पुस १ गते केन्द्र, प्रदेश र जिल्लाका सबै कार्यालय बन्द गर्ने, स्वर्गारोहणको १३औँ दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राख्ने र स्वर्गारोहणको १३औँ दिनमा उहाँको गृह जिल्ला मोरङमा शोकसभाको आयोजना गर्ने निर्णय गरेको छ । आमोदप्रसाद उपाध्यायको आइतबार ह्याम्स अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्