काठमाण्डौं, १ पौष । नेकपा एमालेको जारी ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज मतदान हुँदैछ । केन्द्रीय निर्वाचन आयोगका अनुसार नयाँ नेतृत्व चयनका लागि मतदान भृकुटीमण्डपमा दिउँसो १ बजेदेखि शुरु हुनेछ ।
मतदान बेलुका ७ बजेसम्म चल्नेछ । अध्यक्ष पदका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल प्यानलसहित प्रतिस्पर्धामा छन्। आयोगले हिजो अबेर सार्वजनिक गरेको उम्मेदवारको प्रारम्भिक नामावलीअनुसार अध्यक्ष पदमा ओली र पोखरेलबीच नै प्रतिस्पर्धा हुने भएको हो ।
महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिँदैछ । आयोगका अध्यक्ष डा. विजय सुब्बाका अनुसार ल्याइएका एक सय वटा मेसिनमध्ये ८० वटा मतदानका लागि प्रयोग हुनेछन् ।
बाँकी १० वटा अभ्यासका लागि र १० वटा अतिरिक्त मेसिनको रूपमा राखिएको छ ।महाधिवेशनमा कुल २ हजार २ सय ६३ प्रतिनिधि सहभागी छन् ।





