काठमाडौं, २ पौष । नेकपा एमालेको ११औँ महाधिवेशनमा आज नयाँ नेतृत्व चयनका लागि मतदान हुँदैछ । भृकुटीमण्डपमा जारी महाधिवेशनमा हिजो साँझ मतदान सुरु गर्न खोजिए पनि प्राविधिक समस्याका कारण मतदान आजका लागि सारिएको हो ।
एमालेको अध्यक्षको लागि केपी शर्मा ओली र ईश्वर पोखरेल प्रतिस्पर्धामा रहेका छन् । उनीहरू दुवै जना प्यानल नै बनाएर प्रतिस्पर्धामा उत्रिएका छन् । ओलीले महासचिवमा शंखर पोखरेललाई तथा पोखरेलले सुरेन्द्र पाण्डेलाई अगाडि सारेका छन् ।





