काठमाडौं, २ पौष । नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ ।
समूहगत प्यानल बनाएर केपी शर्मा ओली र ईश्वर पोखरेलको प्यानल चुनावी मैदानमा उत्रिएको छ। आज सुरुमा एमाले अध्यक्षका उम्मेदवारद्वय ओली र पोखरेलले विद्युतीय भोटिङ मेसिनबाट मतदान गरे।
मतदानका लागि महाधिवेशन प्रतिनिधि बिहानैबाट लाइन बसेका छन्। एमालेले ८० वटा मेसिनमार्फत २२६३ प्रतिनिधिका लागि मतदानको व्यवस्था गरेको छ।





