सुशासन कायम गर्ने कुरामा सरकारलाई रास्वपाको पूर्ण साथ छ :रवि लामिछाने

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, पुष ५ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जेनजी आन्दोलनका सहिद परिवारसंग छलफल गर्नुभएको छ ।

शनिबार काठमाडौं आएलगतै काठमाडौंको बबरमहलस्थित जेनजी सहिद परिवार कल्याणकारी संस्थाको कार्यालय पुरेर जेनजी आन्दोलनका सहीद परिवारसंग छलफल गर्नुभएको हो ।

छलफलपछि सञ्चारकर्मीसंग कुरा गर्दै लामिछानेले जेनजी आन्दोलनका क्रममा युवाहरुलाई हत्या गरिएको भन्दै सहीद परिवारको न्यायका लागि लड्ने बताउनुभयो । सुशासन कायम गर्ने कुरामा सरकारलाई रास्वपाको पूर्ण साथ रहेको उहाको भनाइ छ । उहाले जेनजी र जेनजी सहिद परिवारको मागलाई पुरा गर्नका लागि रास्वपा र आफ्नो ऐक्यवद्धता रहेको जिकिर गर्नुभयो । .

सहिद परिवारले जेनजी आन्दोलनका क्रममा छानिछानि हत्या हुँदा पनि कारवाही गर्न सरकारले अग्रसरता नदेखाएको गुनासो गरेको लामिछानेले बताउनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्