पूर्वप्रधानमन्त्री भट्टराई आज भारत जाँदै

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौँ, ६ पौष । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई भारतका बौद्धिक, कूटनीतिक तथा शैक्षिक क्षेत्रका प्रतिनिधिहरुसँग भेट गर्ने उद्देश्यले आज भारत जाँदैछन् ।

भट्टराईका स्वकीय सचिव रेखी गुरुङले जारी गरेको प्रेस नोटमा भट्टराईले आइआइटी बम्बैमा टेक फेस्ट र नयाँदिल्लीको इन्डिया इन्टरनेसनल सेन्टरको कार्यक्रममा सम्बोधन गर्ने तालिका छ । भट्टराई भारतको प्रतिष्ठित शिक्षण संस्था आईआईटी बम्बईमा आयोजना हुने टेकफेस्टमा सहभागी भई उनले ‘दक्षिण एसियाको लोकतान्त्रिक भविष्य : युवा, प्रविधि र समावेशी लोकतन्त्र’ विषयमा विशेष सम्बोधन पनि गर्नेछन्।

नयाँ दिल्लीस्थित इण्डिया इन्टरनेसनल सेन्टरमा साउथ एसियन फोरम फर पिपुल्स इनिसिएटिभले आयोजना गर्ने विशेष कार्यक्रममा उनी प्रमुख वक्ताका रूपमा सहभागी हुनेछन्।
उनी पुस ९ गते नेपाल फर्किने छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्