सभापतिमा उम्मेदवारी दिने गगन थापाको घोषणा

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाण्डौं, ७ पौष । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको १५ औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।

सोमबार काठमाडौंमा काठमाडौँ क्षेत्र नं ६ का पार्टीका कार्यकर्ता तथा मतदातालाई सम्बोधन गर्दै महामन्त्री थापाले आफु पार्टीको आगामी महाधिवेशनमा सभापतिको उम्मेद्वार भएको बताउनुभएको हो । उहाले समयमा नै पार्टीको महाधिवेशन गर्न आफु क्रियाशिल रहेपनि बिभिन्न स्थानमा क्रियाशील सदस्यको काम ढिला भइरहेको बताउनुभयो ।

अहिले पनि केहि नेताले महाधिवेशन सार्ने कुरा गरिरहेको भन्दै उहाले पार्टीको महाधिवशेन सम्पन्न नभइ आम निर्वाचनमा सहभागी नहुने स्पष्ट पार्नुभयो । उहाले नियमित महाधिवशेनलाई अवरुद्ध गर्ने काम भए विशेष महाधिवेशनले भएपनि एउटा परिणाम निकाल्ने बताउनुभयो ।

त्यस्तै महामन्त्री थापाले संविधानलाई सही दिशामा ल्याउनका लागि फागुन २१ मा निर्वाचन हुनुपर्ने र संविधानलाई सही दिशामा ल्याउने प्रमुख जिम्मेवारी कांग्रेसले निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।

निर्वाचनपछि भ्रष्टाचार र कुशासन अन्त्यका साथै कुनैपनि संस्थालाई दलीयकरण गर्ने प्रवृत्तिलाई कांग्रेसले अन्त्य गरेर अगाडि बढ्ने उहाको भनाइ छ ।

उहाले निर्वाचनमा जाँदा यसअघि भएका कमजोरीप्रति जनतासमक्ष क्षमा माग्दै त्यसलाई नदोहराउने प्रतिवद्धता जनाउनुपर्ने बताउनुभयो । अव पनि तोकिएको समयमा निर्वाचन हुन नसके देश अनिश्चिततातर्फ फर्कने उहाले बताउनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्