जनहितविरुद्धका कुनै पनि गतिविधिसँग सम्झौता नगर्ने मन्त्री घिसिङको प्रतिबद्धता

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाण्डौं, ९ पौष । ऊर्जा, भौतिक पूर्वाधार र शहरी विकास मन्त्री कुलमान घिसिङले आफ्नो सय दिनको अवधिमा जेन–जी आन्दोलनको सुशासनसम्बन्धी मुख्य मागलाई प्राथमिकतामा राखेर काम गरेको बताउनुभएको छ ।

मंगलबार सिंहदरबारमा जिम्मेवारी सम्हालेको सय दिनमा भएका कामकारवाहीका बिषयमा जानकारी दिन पत्रकार सम्मेलन गर्दै मन्त्री घिसिङले सय दिन समयका हिसाबले छोटो भएतापनि सुशासनसम्बन्धी मुख्य मागलाई प्राथमिकतामा राखेर काम गरेको बताउनुभएको हो । आलोचनाबाट नडराई, दबाबमा नझुकी र गलतसँग सम्झौता नगरी आफ्नो कर्तव्य पूरा गरिरहेको उहाले बताउनुभयो ।

मन्त्री घिसिङले आफु आएपनि बञ्चरेडाँडामा फोहोर विसर्जन समस्या समाधान भएको, मेलम्चीको पानी काठमाडौं ल्याउन भएको अवरोध हटाइएको, निर्माणस्थलमा नै पुगेर विकास आयोजनाका वास्तविक समस्या बुझ्ने काम भएको जानकारी दिनुभयो ।

त्यसैगरि विकास आयोजनालाई बन्धक बनाउने कार्यलाई निरुत्साहित गर्ने प्रयास थालिएको, रुग्ण ठेक्का तोड्ने प्रक्रिया अघि बढाइएको बताउनुभयो । ठेक्का सम्झौताको समय ६० प्रतिशत वित्दापनि १० प्रतिशत मात्र कार्य सम्पन्न भएको राष्ट्रिय गौरवको सुनकोशी मरिन बहुउद्देश्सीय आयोजनाकोसहित जलस्रोत तथा सिँचाइ विभागअन्तर्गतका १४ अर्ब २२ करोड रुपैयाँ ठेक्का रकम भएका २२ वटा रुग्ण ठेक्का तोडिएको उहाले जानकारी दिनुभयो ।

मन्त्री घिसिङले काम नगर्ने संरचना, जिम्मेवारी नबोक्ने प्रवृत्ति र जनहितविरुद्धका कुनै पनि गतिविधिसँग सम्झौता नगर्ने स्पष्ट पार्नुभयो । त्यस्तै मन्त्री घिसिङले आगामी चुनावपछिको नेतृत्व सही आउनका लागि सबैले आ आफ्नो क्षेत्रबाट जुनसुकै परिस्थितिमा पनि योगदान पुराउनुपर्नेमा जोड दिनुभयो । आफु राजनीतिमा होमिएको घोषणा यसअघि नै गरेको भन्दै उहाले आफ्नो उम्मेदवारीको बिषयमा उपयुक्त समयमा निाणर््य गर्ने बताउनुभयो ।

मन्त्री घिसिङले मन्त्री पदमा आएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सम्पती विवरण बुझाइएको दावी गर्नुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्