पर्वहरूले मेलमिलापको वातावरण बनाएका छन्ः कार्यवाहक सभापति खड्का

रेडियो काठमाण्डु
  • ख-
  • ख+

काठमाडौँ, १० पुस । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना र सद्भावलाई अझ मजबुत बनाइरहेको बताएका छन् ।

इसाई धर्मावलम्बीहरूको पर्व ‘क्रिसमस डे’ का अवसरमा शुभकामना व्यक्त गर्दै खड्काले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विविधताले सम्पन्न मुलुक भएको उल्लेख गर्दै एकता र मेलमिलापको वातावरण सिर्जना गर्न पर्वले भूमिका खेलिरहेका बताए ।

खड्काले ‘क्रिसमस डे’ का अवसरमा सबैमा सुख, शान्ति र समृद्धिको वातावरण सिर्जना गर्दै सामाजिक सद्भाव अभिवृद्धि गर्न सबैलाई प्रेरित गर्न सकोस् भन्दै शुभकामना व्यक्त गरेका छन्। रासस

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्