देशभर पश्चिमी वायुको आंशिक प्रभावःतराईका धेरै स्थानमा हुस्सु र कुहिरो लाग्ने

रेडियो काठमाण्डु
  • ख-
  • ख+

काठमाडौँ, ११ पुस । हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज बिहान तराईका धेरै स्थानमा हुस्सु लागेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली छ।

यस्तै, दिउँसो तराई भूभागका धेरै स्थानमा हुस्सु लाग्नेछ। कोशी, मधेश र बागमती प्रदेशका तराई भूभागमा बिहान केही समय तथा बाँकी तराई भूभागमा मध्यान्नसम्म कुहिरो लाग्ने सम्भावना छ । गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेश लगायत बाँकी प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ ।

राति तराई भूभागका अधिकांश स्थानहरूमा हुस्सु रहनेछ भने सबै प्रदेशका पहाडी तथा हिमाली भू‍भागमा आंशिक बदली रहने महाशाखाकाले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्