पूर्वगृहमन्त्री लेखक बयान दिन जाँचबुझ आयोग जाँदै

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौँ, १४ पुस। नेपाली कांग्रेसका नेता तथा तत्कालीन पूर्वगृहमन्त्री रमेश लेखकले आज जाँचबुझ आयोगमा बयान दिन जाने भएका छन्। आज बिहान ११ बजे आयोगको कार्यालयमा उपस्थित हुने लेखकले जानकारी दिए ।

गत भदौ २३ र २४ गते भएको घटनाको सम्बन्धमा सोधपुछका लागि आयोगले उनलाई बोलाएको हो ।

जेनजी आन्दोलनका क्रममा गत भदौ २३ र २४ गते घटेको विशेष घटनाको छानबिन गरिरहेको आयोगले यसअघि नै लेखकलाई पुस ८ गते बयानका लागि बोलाएको थियो। सोही प्रक्रियालाई निरन्तरता दिँदै उनी सोमबार आयोगको टोलीसमक्ष आफूसँग भएको जानकारी र सो घटनाको वस्तुस्थितिबारे प्रष्ट पार्न जान लागेको उनको सचिवालयले पुष्टि गरेको छ।

आयोगमा बयान दिएपछि लेखकले दिउँसो ४ बजे सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन गर्ने तयारी समेत गरेका छन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्