प्रतिनिधिसभा चुनावका लागि ६४ दलले समानुपातिकतर्फको बन्दसूची बुझाए

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाण्डौं, १५ पुस । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ ६४ दलले बन्दसूची पेश गरेका छन् । नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा), रास्वपासहित २२ वटा दलले समानुपातिकतर्फको १ सय १० सिटका लागि उम्मेदवारी दर्ता गराएका हुन् । अरू बाँकीले न्यूनतम ११ देखि एकसय जनासम्मको बन्दसूची पेश गरेका निर्वाचन आयोगले जनाएको छ ।

बन्दसूची पेश गर्ने पहिलो दल नेपाल मजदुर किसान पार्टी (नेमकिपा) रहेको छ भने अन्तिम दलमा नेपाली कांग्रेस छ ।

एक सयवटा राजनीतिक दलले ९३ चुनाव चिह्नमार्फत् समानुपातिक प्रणालीतर्फको चुनावमा जान निर्वाचन आयोगले यसअघि स्वीकृति दिएको थियो ।

राजनीतिक दलले आइतबार र सोमबार पेश गरेको समानुपातिकतर्फको बन्दसूचीका बारेमा आजदेखि २० गतेसम्म छानबिन गरिने आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए। ।

आयोगले पुस २० गतेसम्म बन्दसूची छानबिन गरेपछि पुस २१ गतेदेखि २७ गतेसम्म दललाई मिलाउन लगाउने कार्यतालिका छ । पुस २८ गतेदेखि माघ ३ गतेसम्म दलले मिलाएको बन्दसूची ठीक छ वा छैन भनी हेरिने आयोगले जनाएको छ । माघ ४ गते बन्दसूची प्रकाश गरिनेछ । माघ २० गते अन्तिम सूची प्रकाशन गरिनेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्