मुलुकको अर्थतन्त्र उकास्न आज सर्वपक्षीय राष्ट्रिय संवाद हुने

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौँ, १६ पुस । मुलुकको अर्थतन्त्र उकास्ने उद्देश्यले बुधबार शान्ति, स्थायित्व र समृद्धिका लागि नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसिसिआई)ले सहकार्य शीर्षकमा सर्वपक्षीय राष्ट्रिय संवाद आयोजना गरेको छ ।

उक्त संवादमा प्रधानमन्त्री सुशीला कार्की प्रमुख आतिथि रहने एफएनसिसिआईले जनाएको छ ।

यस्तै, संवादमा प्रमुख राजनीतिक दल, निजी क्षेत्र, युवा पुस्ता (जेनजी), नागरिक समाज तथा सञ्चार क्षेत्रका प्रतिनिधि सहभागी हुनेछन् ।

संवादमार्फत राजनीतिक स्थायित्व, आर्थिक सुधार, लगानी अभिवृद्धि र युवाको भूमिकाबारे साझा धारणा निर्माण गर्ने लक्ष्य रहेको महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताउनुभएको छ ।

अर्थतन्त्रका चुनौती समाधानका निम्ति संवाद र सहकार्यको वातावरण बनाउन कार्यक्रम आयोजना गरिएको एफएनसिसिआईले जनाइएको छ । रासस

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्