कर्णाली प्रदेश मामिला समितिका सभापति खड्का चढेको जीप दुर्घटना, नौ जना घाइते

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, ९ असार ।  कर्णाली प्रदेश मामिला समितिका सभापति कल्याणी खड्का चढेको जीप दुर्घटनामा परेकाे छ ।

खड्का चढेकाे कर्णाली प्रदेश ०२–००१ झ ००४४ नम्बरकाे जीप रुकुम पश्चिमको चौरजहारी नगरपालिका-३ घारीपाखामा दुर्घटनामा परेकाे हाे ।

दुर्घटनामा परेर सभापति खड्कासहित नौ जना घाइते भएका छन् ।

चौरजहारी नगरपालिका –९ मा रहेकाे आधारभूत विद्यालय भुवाटाकुराका प्रधानाध्यापक सुगन्धा मल्ल,  खड्काका स्वकीय सचिव हुकुम बीसी, चालक युवराज गिरीसहित गाडीमा रहेका नाै घाइते भएका हुन् ।

भोलि आइतवार रुकुमपश्चिमको त्रिवेणी गाउँपालिकामा हुने गाउँसभामा सहभागी हुन त्यसतर्फ जाँदै गर्दा जीप दुर्घटना भएको हो । स्टेयरिङ अकस्मात घुमेपछि अनियन्त्रित भएर जीप पल्टिएको चालक गिरीले बताउनु भएकाे छ ।

इलाका प्रहरी कार्यालय चौरजहारीले घाइतेहरुको चौरजहारी अस्पतालमा उपचार भइरहेकाे जानकारी दिएकाे छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी