मधेश सरकारका ६ मन्त्रीले लिए शपथ

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाण्डौं, १६ पुस । मधेश प्रदेश सरकारको मन्त्रिपरिषद् विस्तार भएको छ । सरकार बने लगभग एक महिना पछि मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज चार वटा दलबाट ६ जना मन्त्री नियुक्त गरेका हुन् । नेपाली कांग्रेसबाट शंकर चौधरी वन तथा वातावरण मन्त्री र श्यामप्रसाद पटेल भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री बनेका छन् ।

जसपा नेपालबाट राजकुमार गुप्ता भौतिक पूर्वाधार विकास मन्त्री र मनिषकुमार सुमन श्रम तथा यातायात मन्त्री, जनमतबाट वसन्त कुशवाहा खेलकुद तथा समाज कल्याण र नेकपा माओवादी केन्द्रबाट फकिरा महत्व गृह सञ्चार तथा कानुनमन्त्री बनेका छन् ।

नवनियुक्त मन्त्रीहरू प्रदेश प्रमुख डा. सुरेन्द्र लाभबाट पद तथा गोपनियताको शपथ लिएका छन्। यससँगै मधेस सरकारको मन्त्रिपरिषद्ले पूर्णता पाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्