प्रचण्ड आज भारतको नयाँदिल्ली जाँदै

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, २० पुस । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्ड आज भारतको राजधानी नयाँदिल्ली जाने भएका छन् ।

नेपाली समाज भारतको आयोजनामा राजधानी नयाँ दिल्लीमा हुने एकता सन्देश सभा तथा साक्षात्कार कार्यक्रममा सहभागी हुन उनी आज साँझ भारत जाने तालिका छ ।

उनले त्यहाँ प्रमुख अतिथिको रूपमा सम्बोधन गर्ने तालिका छ ।

नेपाली समाज भारतका महासचिव आरबी खड्काका अनुसार, भारतमा बसोबास गर्ने नेपालीलाई एकताबद्ध गर्दै उनीहरूमा सामाजिक–राजनीतिक चेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । प्रचण्ड भोली नेपाल फर्कने कार्यक्रम रहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी